संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत

काठमाडाैं | माघ २५, २०७९

संयन्त्रको बैठकमा राष्ट्रपतिबारे छलफल गर्न प्रचण्ड–ओली सहमत

काठमाडौँ:  भावी राष्ट्रपतिको विषयमा सत्तारुढ दल नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच लामो छलफल भएको छ । सोमबारयता प्रचण्ड र ओलीबीच दैनिक जसो भेटवार्ता भइरहेको छ ।  बुधवार एमाले अध्यक्ष ओली निवास बालकोटमा दुई नेताबीचको कुराकानीमा उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बोलाएर छलफल गर्न दुवै नेता सहमत भएका छन् ।

 

‘उच्चस्तरीय संयन्त्रको बैठक बस्छ । त्यो बैठकमा राष्ट्रपतिबारे छलफल हुन्छ, सहमतिबाटै अघि बढ्ने प्रयास हुन्छ’, बालकोटबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले प्रतिक्रिया दिए । आगामी फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनका लागि सत्तारुढ एमाले र कांग्रेसले आआफ्नै उम्मेदवार उठाउने तयारी गरेका छन् । एमाले र कांग्रेसले फरक फरक उम्मेदवार उठाउने भएपछि सत्तारुढ दल एमाले र माओवादीको राष्ट्रपतिबारे फरक फरक धारणा सार्वजनिक भइरहेका छन् ।

 

नेकपा एमालेले पुस १० को सहमति अनुसार राष्ट्रपति एमालेको हुने बताउँदै आएको छ भने प्रधानमन्त्री प्रचण्डले सकभर राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्ने बताउँदै आएका छन् । जवाफमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एमाले बाहेकका उम्मेदवारमा राष्ट्रिय सहमति हुन नसक्ने बताउँदै आएका छन् । 

 

प्रधानमन्त्रीले राष्ट्रिय सहमतिमा जोड दिएपछि एमाले अध्यक्ष ओलीले एमालेलाई पाखा लगाएर कांग्रेससँग सहकार्य गर्न खोजिएको आशंका गरिरहेका छन् । यस्तोमा सत्ता गठबन्धनभित्रै ‘खटपट’ को अवस्था देखिएको छ । यहीं बेला राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बहिरिएपछि राजनीतिक समीकरणमा फेरबदल हुनसक्ने अनुमान गर्न थालिएको छ ।

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्

पोखरा ।    पोखरामा ठूलो परिमाणको लागुऔषधसहित एक जना युवक पक्राउ परेका छन् ।   जिल्ला प्रहरी कार्यालय कास्की र लागुऔषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले पोखरा महानगरपालिका २७ तालचोकब...

थप पढ्नुहोस्